जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनसका लागि ३६ करोड रुपैयाँ छुट्याए, सबैभन्दा बढी र कम कस्को ? (सूची सहित)

५ फाल्गुन २०७९, शुक्रबार १७:३४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनशका लागि ३६ करोड २ लाख रुपैयाँ छुट्याएका छन् । हाल संचालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको लागि उक्त रकम छुट्याएको हो । गत आर्थिक वर्षको सोहि अवधिम्ममा जीवन बीमा कम्पनीहरुको कर्मचारी बोनश व्यवस्था २१ करोड १७ लाख रुपैयाँ छुट्याएको थियो । गत आर्थिक वर्षको तुलनामा जीवन कम्पनीहरुले कर्मचारी बोनश रकम ७० प्रतिशतले बढेको छ ।

जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको तथ्थांक अनुसार दोस्रो त्रैमासको अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा बढी बोनस दिने कम्पनी बनेको छ । समिक्षा अवधिमा कम्पनीले ३ करोड ९३ लाख रुपैयाँ छुट्याएको छ । गत आर्थिक वर्षको सोहि अवधि सम्ममा ८९ लाख रुपैयाँ वितरण गरेको छ । गत आर्थिक वर्षको तुलनामा ३४० प्रतिशतले कर्मचारी वोनश बढेको तथ्थांकले देखाएको छ ।

त्यस्तै, समिक्षा अवधिसम्मा नेपाल लाइफले ५९ करोड ४६ लाख, रिलायन्स लाइफले १ करोड ८५ लाख, प्रभु लाइफले १ करोड ४२ लाख, सूूर्या ज्योति लाइफले ३ करोड १५ लाख, आइएमई लाइफले १ करोड ३० लाख रुपैयाँ कर्मचारी बोनश छुट्याएको छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीको कर्मचारी बोनश बढेको छ । समिक्षा अवधि सम्ममा गुराँस लाइफको १ करोड १२ लाख, नेशनल लाइफको २ करोड ९० लाख रुपैयाँ, मेट लाइफको १ करोड ८६ लाख रुपैयाँ, युनियन लाइफको १ करोड ४ लाख रुपैयाँ, महालक्ष्मी लाइफको ७९ लाख, एशियन लाइफको २ करोड १२ लाख, सानिमा लाइफको १ करोड २९ लाख रुपैयाँ कर्मचारी बोनश छुट्याएको छ ।

साथै, रिलायबल नेपाल लाइफको २ करोड २० लाख, राष्ट्रिय बीमा संस्थानको ८२ लाख, सिटिजन लाइफको १ करोड १३ लाख र प्राइम लाइफको १ करोड ९४ रुपैयाँ जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको लागि बोनश रकम व्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*