कृषि विकास बैंकको सिईओ बन्न को को पर्दैछन टप थ्रीमा ? सुवेदी र गुरुङको नाम चर्चामा

६ फाल्गुन २०७९, शनिबार ०९:२९

काठमाडौं । कृषि विकास बैंकले पाँच जना सर्ट लिष्टमा परेकासँग आज दिनभर प्रस्तुतीकरण हुनेछ । विहान ११ बजेदेखि सुरु हुने प्रस्तुतीकरण आज अपरान्ह ४ बजेको अन्तिम प्रस्तुतीकरणसँगै सकिनेछ । सञ्चालक सुमन दाहाल नेतृत्वको छनौट समितिले २२ आवेदकबाट टप ५ जनाको नाम छनौट गरेकोमा अब आजको प्रस्तुतीकरणसँगै टप थ्रीमा पर्नेहरुको सूचि सार्वजनिक गरिनेछ । अब अन्तर्वार्ताबाट ३ जनाको नाम सिईओका लागि सिफारिस हुनेछन् । संचालक समितिले उक्त ३ जनाबाट एक जनालाई सिईओ नियुक्त गर्नेछ ।

बैंकले फागुन ६ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ । त्यसो त सिइओ बन्नको लागि ५ जना मध्यबाट पहिलो नम्बरमा रहेका गोबिन्द गुरुङ र दोस्रो नम्बरमा रहेका प्रताप सुबेदीको प्रतिस्पर्धा हुने देखिएको छ । प्रताप सुवेदी कृषि विकास बैंककै उप–महाप्रबन्धक पदमा रहेका प्रताप सुवेदी ५ लिस्ट मध्यका उपयुक्त उम्मेदवार हुन् ।

प्रमुख कर्जा अधिकृतबाट सुवेदीलाई उप–महाप्रबन्धक हुँदै अहिले कृषि विकास बैंककै दोस्रो बरियतामा छन । सुवेदी विगत २२ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् । साँढे तीन बर्षदेखी का.मु. महाप्रबन्धकको जिम्मेवारीमा पनि बसेर अनुभव बटुलेका उनले बैंकभित्रका आन्तरिक काम कारवाहीलाई राम्रोसँग बुझेका व्यक्ति हुन् ।

कृषि विकास बैंकको सिइओको रेसमा सिभिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङमा सिईओको प्रतिस्पर्धी हुन् । विगतमा सिभिल बैंकमा पनि ४ वर्षे कार्यकाल सकिन ३ महिना बाँकी रहँदै उनले पदबाट राजीनामा दिइ म्यानमारको म्यानमार सिटिजन्स बैंकको सिइओ भएर काम गरेका अनुभवी प्रशासक हुन् ।

सन् २०१२ को अक्टोबरमा डेपुटी सीइओका रुपमा सिभिल बैंक प्रवेश गरेका गुरुङ सन् २०१७ को मे महिनामा निमित्त सीइओ भएका थिए । २५ वर्षअघि बैंकिङ करिअर शुरु गरेका गरुङसँग हिमालयन, ग्लोबल र मेगा बैंकमा काम गरेको अनुभव छ । गुरुङ संवभत विदेशी बैंकमा सिईओ बनेर काम गर्ने पहिलो नेपाली सीइओ पनि हुन । म्यानमार सिटिजन्स बैंकको सिनियर भाइस प्रेसिडेन्ट नेपाली टेकराज पराजुली हुँदा उनी त्यहाँको सिईओ भएर गएका थिए । गुरुङले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।

आजदेखि हुने प्रस्तुतीकरणमा कृषि विकास बैंकमै लामो समय काम गरेको हुनाले प्रताप सुवेदीको प्रस्तुतिकरण सबैभन्दा राम्रो हुने विश्वास गरिएको छ । आजको प्रस्तुतीकरणपछि सुवेदी र गोबिन्द गुरुङको नाम विशेष चर्चामा रहेको छ । यद्यपि गुरुङले अर्थमन्त्री विष्णु पौडेलसँग सेटिङ मिलाइसकेको चर्चा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*