शैक्षिक योग्यता नपुगी अध्यक्ष बनेका कृषि विकास बैंकका अध्यक्ष दुवाडीद्धारा राजिनामा

६ फाल्गुन २०७९, शनिबार १९:३३

काठमाडौं । शैक्षिक योग्यता नपुगी कृषि विकास बैंकमा अध्यक्षको भूमिका रहेका रमेश दुवाडीले हिजो साँझ पदबाट राजीनामा दिएका छन् । बीमापोष्टमा कृषि विकास बैंकका अध्यक्षको योग्यता नपुग्ने सम्बन्धी समाचार प्रकाशित भएको थियो । हिजै विहान भ्रष्टाचा निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दर्ता भएको थियो ।

शैक्षिक योग्यताबारे प्रकाशित समाचारको विषयमा अर्थमन्त्रालयले समेत चासो राखेको र हिजै अख्तियारमा समेत उजुरी परेपछि उनले हिजै साँझ पदबाट राजिनामा दिएको स्रोतले जनाएको छ । स्नातकोत्तर उत्तिर्ण हुनुपर्नेमा स्नातक तह उत्तिर्ण शैक्षिक योग्यता भएका रमेश दुवाडी विगत १७ महिनादेखि कृषि विकास बैंकको सञ्चालक भएका थिए भने गत पुसबाट अध्यक्ष नै बनेका थिए ।

दुवाडी २०७८ कात्तिक १२ गते तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले गरेको मन्त्री स्तरीय निर्णयबाट कृषि विकास बैंकको सञ्चालक बनेका थिए । गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्ति गरेको थियो। उनले अध्यक्ष नियुक्क्त भएको २ महिना मै राजीनामा दिएका हुन् ।

कृषि विकास बैंकमा अयोग्य अध्यक्षलाई बर्खास्त गर्न माग गर्दै अख्तियारमा उजुरी, गभर्नर अधिकारीको नैतिकतामाथि प्रश्न

 

कृषि विकास बैंकमा योग्यता नै नपुगेका रमेश दुवाडी अध्यक्ष, ‘शैक्षिक योग्यताबारे थाहा छैन’: दुवाडी

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*