श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
८ फाल्गुन २०७९, सोमबार ११:१८

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेकोछ । कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको हो ।
कम्पनीको संचालक समितिको निर्णयअनुसार धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्न, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।












