लाभांश प्रस्तावसहित डिप्रोक्स लघुवित्तले डाक्यो २१औं साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

८ फाल्गुन २०७९, सोमबार १३:५६

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान् गरेको छ । लघुवित्तले २१औं साधारण सभा फागुन ३० गते मंगलबार होटल सेभेन स्टार प्रा.लि. सौराहा, चितवनमा बस्नेगरी डोकेको हो ।

सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ११.०५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा यस लघुवित्तले आदर्श लघुवित्तलाई (१ः१) अनुपातमा अर्थात् १ बराबर १ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्न स्वीकृति प्रदान गर्नेछ ।

यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, गत वर्ष २०७८।७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ संस्थाले फागुन १९ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ फागुन १८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*