नेप्सेमा दुईवटा विकास ऋणपत्र सूचीकृत
८ फाल्गुन २०७९, सोमबार १५:३०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल राष्ट्र बैंकको दुईवटा विकास ऋणपत्र सूचीकृत भएको छ ।
केन्द्रीय बैंकको २०८४ ‘झ’ नामक ५ वर्षे अवधि रहेको ८ अर्ब रुपैयाँ बराबरको ९.५० प्रतिशत ब्याजदर रहेको विकास ऋणपत्र र २०८४ ‘ञ’ नामक ५ वर्षे अवधि रहेको ७ अर्ब रुपैयाँ बराबरको वार्षिक ८.९८ प्रतिशत ब्याजदर रहेको विकास ऋणपत्र सूचीकृत भएको हो ।












