आदर्श लघुवित्तले डाक्यो पाँचौं साधारण सभा, २१% लाभांश र डिप्रोक्ससँगको मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पाँऔं सभा फागुन ३० गते मंगलबार गौतम भिलेज रिसोर्ट, बनेपा न.पा. ११ सिनागल, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्नेगरी डाकेको हो ।
सभामा यस संस्थाले २०% बोनस सेयर र कर तिर्न १.०५% नगद लाभांश गरी जम्मा २१.०५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
साधारण सेयरधनीहरु मध्येबाट २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव हुनेछ । सभाले डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई (१ः१) अनुपातमा अर्थात् १ बराबर १ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्न स्वीकृति प्रदान गर्नेछ ।
सभा प्रयोजनका लागि संस्थाले फागुन १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १५ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।












