निर्जिवन बीमा कम्पनीहरुले तिरे ९३ करोड रुपैयाँ आयकर, कसले कति? (सूची सहित)

९ फाल्गुन २०७९, मंगलवार १७:१०

काठमाडौं । हाल संचालनमा रहेका  निर्जिवन बीमा कम्पनीहरुले ९३ करोड १० लाख ३८ हजार रुपैयाँ आयकर बुझाएका छन् । गत आर्थिक बषको सोहि अवधिमा कम्पनीहरुले आयकरवापत ८० करोड ८३ लाख ८५ हजार रुपैयाँ आयकर बुझाएका थिए ।

गत आर्थिक बर्षको तुलनामा दुई निर्जिवन बीमा कम्पनीहरु मर्जरमा गए पनि आयकर भने १३ प्रतिशतले बढेको छ। गत आर्थिक बर्षको तुलनामा आयकर सबैभन्दा धेरै तिर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। निर्जिवन बीमा कम्पनीहरुमध्ये सर्वोकृष्ट कारोबार गर्दै आएको कम्पनीले यस त्रैमाससम्मा सबै भन्दा धेरै आयकर बुझाएको हो ।कम्पनीले दोस्रो त्रैमाससम्ममा कम्पनीले ९ करोड ४६ लाख रुपैयाँ आयकर बुझाएका छन् ।

दोस्रोमा सरकारी स्वामित्वमा रहेको कम्पनी राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा ९ करोड ४१ लाख रुपैयाँ आयकर वापत रकम सरकारलाई बुझाएको छ।

त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले ८ करोड ९० लाख रुपैयाँ, सगरमाथा इन्स्योरेन्स कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनीले ६ करोड ६७ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले ६ करोड ३६ लाख रुपैयाँ, लुम्बिनी जनरलले ५ करोड ७५ लाख रुपैयाँ र आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ५ करोड ६१ लाख रुपैयाँ आयकर वापतको रकम सरकारलाई बुझाएका छन् ।

त्यस्तै, हिमालयन एभरेष्ट कम्पनीले ४ करोड ८२ लाख, प्रभु इन्स्योरेन्सले ४ करोड ५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले ३ करोड ९९ लाख रुपैयाँ, युनाईटेड इन्स्योरेन्स कम्पनीले ३ करोड १९ लाख रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले २ करोड ९ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्स कम्पनीले १ करोड ७७ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १ करोड ७ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका छन् ।

वृद्धिदरको आधारमा
गत आर्थिक बर्षको तुलनामा आयकर वृद्धिदरको आधारमा हेर्ने हो भने मर्जर पश्चात् एकिकृत कारोबार गरेको सानिमा जनरल इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ ।कम्पनीको आयकर गत आर्थिक बर्षको तुलनामा ७० प्रतिशतले बढेको छ।

त्यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी दोस्रो स्थानमा रहेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको आयकर ५६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*