सामुदायिक लघुवित्तद्धारा लाभांश घोषणा
१० फाल्गुन २०७९, बुधबार १०:२१

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीकोे फागुन ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को वितरण योग्य मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) लाभांश दिने निर्णय गरेको छ । प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।











