राष्ट्र बैंकद्धारा मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत
१० फाल्गुन २०७९, बुधबार ११:०२

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।कम्पनीले गत आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू। १४ करोड १७ लाख ४५ हजारको आधारमा कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । गत माघ १६ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीलाई वार्षिक साधारण सभामा लाभांश प्रस्ताव गर्न बाटो खुला भएको छ । गत वर्ष १७ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।












