नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर सुचिकृत, कतिमा होला पहिलो कारोबार ?
१० फाल्गुन २०७९, बुधबार १३:५२

काठमाडौं । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर सुचिकृत भएको छ । साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र साविकको मेगा बैंक मर्ज भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता शेयर शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै बिहिबारबाट बैंकको शेयर कारोबार सुरु हुने छ । नेप्सेले बैंकको पहिलो कारोबारको लागि २३६।८५ रुपैयाँको सुरुवाती मूल्य तोकेको छ ।












