नेप्सेमा थप एक करोड २३ लाख कित्ता बोनस शेयर सूचीकृत

१० फाल्गुन २०७९, बुधबार १४:३३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज एभरेष्ट बैंकको गत आर्थिक वर्ष २०७८।७९ को १३ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

बैंकको साधारण सभाबाट पारित भएको १३ प्रतिशत दरका कुल एक करोड २३ लाख ७ हजार ५४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि शेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*