आदर्श लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य लघुवित्तहरुको शेयर मुल्य पनि ओरालो दिशामा

१० फाल्गुन २०७९, बुधबार १५:१०

काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधवार शेयर बजार उच्च अंकले बढेको छ । पछिल्लो समय लगातार ओरालो लागेर शेयर कारोबार आज ३३ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएतापनि आदर्श लघुवित्तको शेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, खप्तड लघुवित्त, उपकार लघुवित्त, सिर्जनशील लघुवित्त, आधिखोला लघुवित्त लगायतका अन्य कम्पनीको शेयर मुल्य घटेको छ ।

नेपाली समाजमा पछिल्लो समय लघुवित्तहरुले गरेको ज्यादतीको कारण र आम जनसमुदायले दिनहु गरेका विरोध सभा लगायतका अन्य कारणले लघुवित्तको शेयर मुल्य घटेको आशंखा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*