यी १० कम्पनीका लगानीकर्ताले आज सर्बाधिक कमाए
१० फाल्गुन २०७९, बुधबार १५:२०

काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधवार शेयर बजार उच्च अंकले बढेको छ । पछिल्लो समय लगातार ओरालो लागेर शेयर कारोबार आज ३३ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा हरियाली छाएसँगै लिबर्टी इनर्जी कम्पनीको शेयर मुल्य ९।८० प्रतिशतले बढेको छ । त्यस्तै, छ्याङ्ग्दी हाइड्रोेपावर, दोर्दी खोला जल विद्युत कम्पनी, पिपल्स पावर लगायत अन्य कम्पनीको शेयर मूल्य बढेको छ ।













