एक हजार रुपैयाँँ भन्दा बढी ओपनिङ्ग रेञ्ज पाउने आत्मनिर्भर लघुवित्तको आइपीओमा आजदेखि आवेदन दिन सकिने

११ फाल्गुन २०७९, बिहीबार ०७:००

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आज (फागुन ११ गते)देखि आइपीओ निष्काशन गर्दैछ । संस्थाले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेपछि सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो ।

आत्मनिर्भर लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो ।

जसअनुसार प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन हुनेछ । यसमध्ये १०% अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिएको छ ।

यस्तै, जारी पुँजीको ०.५% अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र सीडीएस एण्ड क्लियरिङ्गको वेबसाइट मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*