दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सबैको लघुवित्त र सिभिल लघुवित्त वित्तीय संस्थाले फागुन १२ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडौँमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २६ गते छैठौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर ५, तनहुँमा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।












