अबदेखि सबै बैंकहरु विदाको दिन पनि खोल्नुपर्ने, यस्तो छ राष्ट्र बैंकको नयाँ निर्णय
१२ फाल्गुन २०७९, शुक्रबार १५:०३

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको सार्वजनिक विदाको दिनमा देशका सबै बैंकहरु सञ्चालन गर्न नियामक निकाय राष्ट्र बैंकले निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकद्धारा आज जारी एकीकृत निर्देशनको संशोधनमा त्यस्तो व्यवस्था गरेको हो । अबदेखि विहान १०ः०० बजदेखि अपरान्ह १ः३० बजेसम्म नगद, चेक क्लीयरेन्स तथा आरटिजिएस जस्ता सुविधाको लागि बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु खुल्ला हुनुपर्ने व्यवस्था गरिएको छ ।













