ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

१२ फाल्गुन २०७९, शुक्रबार १७:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र आज (फागुन १२ गते) बाँडफाँड गरेको छ । सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा बैंककोे ५ वर्ष अवधि तथा वार्षिक ११ दशमलव २५ प्रतिशत व्याजदर भएको “ग्लोबल आइएमई डिबेन्चर २०८४।८५” को बाँडफाँड भएको हो ।

बैंकले प्रति शेयर १ हजार रुपैयाँ अङ्कित दरको ५० लाख कित्ता डिबेन्चरहरुमध्ये ३० लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट तथा २० लाख (सामुहिक लगानी कोषलाई छुट्टाइएको १ लाख कित्ता सहित) कित्ता डिबेन्चर सर्वसाधारणहरुको लागि माघ २९ देखि फागुन ५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गर्दा प्राप्त हुन आएको आवेदनहरु फागुन १२ गते बाँडफाँड गरिएको जनाएको छ ।

ब्यक्तिगत तवरबाट निष्काशन गरिएको ३० लाख कित्ता डिबेन्चरको लागि जम्मा २३ जना आवेदकहरुबाट ५२,१५,००० कित्ता डिबेन्चरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा रितपूर्वक प्राप्त कित्ता निष्काशन गरिएको भन्दा १.७४ गुण बढी प्राप्त भएको हुँदा आवेदन अनुसार समानुपातिक हिसाबले ३० लाख कित्ता डिबेन्चर बाँडफाँड गरिएको छ ।

सर्वसाधारणहरुको लागि निष्काशन गरिएको १९,३०,००० कित्ता (सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको ७०,००० कित्ता बाहेक) डिबेन्चरको लागि जम्मा १,२६६ जना आवेदकहरुको कूल २१,३१,२९४ कित्ता डिबेन्चर रितपूर्वक प्राप्त हुन आएकोमा जारी गरिएको डिबेन्चर संख्या भन्दा १.१० गुणा बढी संख्यामा खरीदका लागि आवेदन प्राप्त भएको हुँदा २५ देखि ३,००,००० कित्ता सम्म माग गर्ने १,२६४ जना आवेदकहरुलाई एकै समूह राखी माग बमोजिम ११,३१,२९४ कित्ता र ५,००,००० कित्ता माग गर्ने २ जना आवेदकहरुलाई समानुपातिक रुपमा ७,९८,७०६ कित्ता गरी जम्मा १९ लाख ३० हजार कित्ता डिबेन्चर बाँडफाँड गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*