निफ्राको संचालकमा श्रीकृष्ण नेपाल चयन

१४ फाल्गुन २०७९, आईतवार १०:५१

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को नयाँ संचालक समिति गठन भएको छ । बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट श्रीकृष्ण नेपाल (महासचिव) मनोनित भएका छन् ।

नेपालको मनोनयनसँगै यस अघि नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट मनोनित भई बैंकको संचालक समितिमा रहेका संचालक केदारनाथ शर्माको पदावधि समाप्त भएको बैंकले जनाएको छ ।

साथै सो पश्चात् संचालक समितिको अध्यक्षमा अनुज अग्रवाल, संस्थापक तर्फबाट संचालक श्रीकृष्ण नेपाल, चन्द्र ढकाल र लालमणी जोशी रहेका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य र स्वतन्त्र संचालकमा शंकर प्रसाद अधिकारी रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*