यी १० वटा लघुवित्त संस्थाका शेयरधनीहरुले सर्वाधिक गुमाउँदै

१४ फाल्गुन २०७९, आईतवार ११:५८

काठमार्डौं । साताको पहिलो दिन शेयरबजारमा भारि गिरावट आएकोछ । शेयरबजार खुलेको केही समयसम्म नेप्से सूचक ५० भन्दा बढी अंकले घट्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई जारी एकीकृत निर्देशनमा लघुवित्तहरुको कर्जा प्रवाह लगायत २० प्रतिशत भन्दा बढी बोनस शेयर वितरण गर्न नपाउने यावतका कुराहरुमा कडाई गरेसँगै केही दिनयता लघुवित्त संस्थाहरुको शेयरमूल्य ह्वात–ह्वातै घट्न पुगेकोछ ।

आइतबार शेयरबजार खुलेको केही समयमा नै चारवटा लघुवित्त संस्थाको शेयरमा नकारात्मक सर्किट लागेको छ । अधिकांश सूचीकृत लघुवित्त संस्थाहरुको शेयरमुल्य घट्न पुग्दा शेयरबजारमा उच्च मूल्य रहेका र शेयरबजारमा चर्चामा रहने संस्थाहरुको शेयर अत्यधिक घट्न थालेको छ ।

यो समाचार लेख्दासम्म लगानीकर्ताहरुको रोजाइमा पर्ने महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक घट्न पुगेको छ । लघुवित्तको १० प्रतिशत अर्थात् २३७ रुपैयाँ १० पैसाले शेयरमूल्य घटेर २१३४ रुपैयाँ ४० पैसामा कायम भएकोछ ।

त्यस्तै, दोस्रोमा जाल्पा सामुदायिक लघुवित्त रहेको छ । गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई बम्पर लाभांश प्रस्ताव गरेको यस संस्थाको शेयरमूल्य १० प्रतिशतले नै घटेको छ । यसका सथौ आदर्श लघुवित्त र धौलागिरी लघुवित्तको शेयरमूल्य पनि १० प्रतिशतले नै घटेको छ ।

साथै लगानीकर्ताहरुको रोजाइमा पर्ने अर्को जीवन विकास लघुवित्तको शेयरमूल्य पनि ९.३१ प्रतिशत अर्थात १९७ रुपैयाँले घटेर १९१० रुपैयाँ कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*