सिभिल बैंक छाडेका सुनिल पोखरेल विदेशी बैंकको सिइओ हुँदै
१४ फाल्गुन २०७९, आईतवार १२:१२

काठमाडौं । हिमालयन बैंकसँग मर्ज भएपछि केही कुरामा भिआरएसआर सिभिल बैंक छाडेका सुनिल पोखरेल टिसा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएका छन् ।पपुवा न्यूगिनीमा विदेशी बैंक मात्र सञ्चालनमा रहेका बेला टिसा त्यहाँको पहिलो स्थानीय बैंक भएको छ।
सिइओको जिम्मेबारी सम्हाल्न अर्कोसाता पपुवा न्यूगिनी जान लागेको पोखरेलले बताए। उनी गएपछि टिसा बैंक सञ्चालनमा आउने भएको छ। हिमालयन बैंकसँग समाहित भएपछि पोखरेल बुधबार स्वेच्छिक अवकास सुविधा (भिआरएसआर) लिएर बाहिरिएका हुन्। उनी ३ वर्षका लागि सो बैंकको सीईओ बन्न लागेको बुझिएको हो ।











