यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
१४ फाल्गुन २०७९, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य सुधार देखिएको छ । नेप्से सूचक अंकले ४.५५ अंकले बढेर २०२७ को विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजारमा उतारचढाव देखिएसँगै आज २ अर्ब ५२ करोड ५० लाख रुपैयाँमाथिको कारोबार हुन पुगेको छ । सर्वाधिक आज हिमालयन डिष्टिलरीको १० करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ७ करोड ८६ लाख रुपैयाँ, छिमेक लघुवित्तको ७ करोड १६ लाख, जीवन विकास लघुवित्तको ६ करोड ९६ लाख र नेष्डो समृद्ध लघुवित्तको ६ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













