दुई लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
दुवै कम्पनीले साधरण सभा प्रयोजनका लागि भोलि (फागुन १६ गते) गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र ती कम्पनीको लाभांश पाउने छन् ।
ग्लोबल आइएमईले लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
त्यसैगरी, आदर्श लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २१.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
दुवै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।












