बिजय लघुवित्तको ब्याजदर परिवर्तन, बचत खाताको ब्याज बढ्यो
१५ फाल्गुन २०७९, सोमबार १०:५२

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले ब्याजदर परिवर्तन गरेको छ । संस्थाले बचततर्फको ब्याजदर फागुन १५ गतेबाट लागू हुने गरी परिवर्तन गरेको हो ।
संस्थाले ६ वटा बचत खाताको ब्याजदर परिवर्तन गरेको हो । जसमा मासिक बचत (अनिवार्य बचत) खाता, स्वेच्छिक बचत, समूह बचत र चाडपर्व बचत खातामा ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने बाल बचतमा ७.७५ प्रतिशत र विशेष बचत खातामा ८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
यसअघि संस्थाले अनिवार्य बचतमा ६ प्रतिशत, स्वेच्छिक बचतमा ५%, समूह बचतमा ५% ब्याजदर निर्धारण गरेको थियो ।












