उन्नति सहकार्य लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हरुसाहा, धनुषाले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।
जानकी उन्नति महिला समुह महुवा, समुह नम्बर २१ की सदस्य राजो देवी मुखियाको मृत्यु भएकोमा शोकाकुल बनेका उनको श्रीमान बुधेश्वर मुखियालाई बीमा बापत ६५ हजार रुपैयाँ जानकी उन्नति महिला समुह, समुह नम्बर २१ का सदस्य एवम् समुह सञ्चालन गर्ने सहायक कर्मचारी सुनिल थारू, शाखा प्रमुख दीपक कुमार यादवको उपस्थितमा अनुगमन अधिकृत अरविन्द कुमार झाले ग्राहक सदस्य कै घरमा पुगी रकम प्रदान गरेको हुन ।
केन्द्रिय कार्यालय सि।न।पा।–१२ भैरहवा, रूपन्देही रहेको राष्ट्रिय स्तरको उन्नति सहकार्य लघुवित्तले आफ्ना ग्राहक सदस्यहरूलाई बच्चा पोषणको लागी सुत्केरी खर्च, काज क्रिया खर्च र कर्जा बीमा सम्बन्धी राहत प्रदान गर्दै आइरहेको छ ।












