निर्धन उत्थान लघुवित्तका सिइओ जनार्दन देव पन्तले कति बुझ्छन् तलब भत्ता ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २४औं वार्षिक साधारण सभाबाट २४औं वार्षिक प्रतिवेदन पारित गरेको छ ।
प्रतिवेदनअनुसार संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनादर्न देव पन्तले ४० लाख ११ हजार २०५ रुपैयाँ वार्षिक तलब भत्ता बुझेका छन् । जसमा पन्तले तबलमात्रै २० लाख ८८ हजार, भत्तास्वरुप १६ लाख ९२ हजार, विदा बापतको भुक्तानी ५७ हजार २०५ रुर्पैयाँ र बीमा खर्च वापत १ लाख ७४ हजार रुपैयाँ गरी सवा ४० लाख रुपैयाँ बुझेका हुन् ।

त्यस्तै, यता व्यवस्थापनका अन्य पदाधिकारीहरुले भने वार्षिक १० करोड ८९ लाख १९ हजार ७६१ रुपैयाँ तलब भत्ता बुझेका छन् । जसमा तलबवापत ५ करोड ४७ लाख २७ हजार ६७९ रुपैयाँ, भत्तावापत ४ करोड ५२ लाख २५ हजार ९४७ रुपैयाँ, बिदा वापतको भुक्तानी वापत ५१ लाख २६ हजार ६९७ रुपैयाँ र बीमा खर्च बापत ३८ लाख ३९ हजथार ४३८ रुपैयाँ गरी कुल १० करोड ८९ लाख रुपैयाँमाथि तलब भत्ता बुझेका हुन् ।
यता संचालक समितिका अध्यक्ष तथा संचालकहरुलाई नियमावलीमा उल्लेख भएबमोजिम अध्यक्षलाई ८ हजार रुपैयाँ र संचालकहरुलाई ७ हजार रुपैयाँ (कर सहित) प्रति बैठक भत्ता प्रदान गरिएको र सो बाहेक मासिक ंसंचार खर्च बापत १५ सय रुपैयाँ प्रदान गरिएको छ । आर्थिक वर्ष २०७८।७९ मा बैठक भत्ता बापत संचालकहरुलाई जम्मा ३ लाख ५२ हजार रुपैयाँ संचालक समिति बैठक शिर्षकमा खर्च भएको छ ।











