दुई लघुवित्तको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

१५ फाल्गुन २०७९, सोमबार १६:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आदर्श लघुवित्त र ग्लोबल आइएमई लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै दुवै संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम आदर्श लघुवित्तको शेयरमूल्य १६५० रुपैयाँका आधारमा नेप्सेले २०% बोनस शेयर वितरणपछिको शेयरमूल्य १३७५ रुपैयाँ कायम गरेको छ ।

साथै ग्लोबल आइएमई लघुवित्तको कायम १००३ रुपैयाँ ५० पैसाका आधारमा नेप्सेले १२% बोनस शेयर वितरणपछिको शेयरमूलय ८९५ रुपैयाँ ९८ पैसा कायम गरेको छ । सोही समायोजित मूल्यकै आधारमा भोलि शेयरबजारमा यी दुवै संस्थाको कारोबार खुल्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*