लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१६ फाल्गुन २०७९, मंगलवार ०९:५१

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात फागुन १७ गते बुकक्लोज गर्ने भएका कारण आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

लघुवित्तले फागुन २९ गते एघारौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*