सिवाईसी नेपाल र आँधिखोला लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुईसंस्थाबीच एक आपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सम्बन्धी सम्झौतापश्चात् दुवै संस्थाको असोज ७ गते छुट्टाछुट्टै बसेको विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित भएको थियो ।
साथै एक आपसमा गाभ्ने।गाभिने (मर्जर) अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकबाट गत पुष ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागु १५ गते सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तलाई एकआपसमा मर्ज भई ‘सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था’ को नामबाट एकीकृत कारोबार गर्न स्वीकृत प्राप्त भएको हो ।
सो प्रश्चात यी दुवै संस्थाले फागुन ३० गते एकीकृत कारोबार गर्न मिति तोकेको हो । साथै सो मितिदेखि एकीकृत कारोबार हुने भएको हुँदा फागुन २८ गतेदेखि फागुन २९ गतेसम्म २ दिनका लागि दुवै संस्थाको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द रहने कम्पनीले जनाएको छ । मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं. ८, सभागृह चोक, कास्की, साविक सिवाईसी नेपाल लघुवित्त संस्थको केन्द्रीय कार्यालय कायम रहने संस्थाले जनाएको छ ।











