राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश संशोधन, बोनस शेयर घट्यो

१६ फाल्गुन २०७९, मंगलवार १०:१७

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका पेश गर्दा राष्ट्र बैंकबाट सो लाभांश संशोधन भएको हो ।

संशोधनपश्चात् संस्थाले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १४.२८५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१४३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यसअघि संस्थाले आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको २०% बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०९५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*