निर्धन उत्थान लघुवित्तद्वारा बीमा रकम भुक्तानी

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा रकम भुक्तानी गरेको छ । लघुवित्तको धकधइ शाखा कार्यालयले बीमा क्षतिपूर्ति रकम हस्तान्तरण गरेको हो ।
रोहिणी गाउपालिका वडा नं. १ चनुलिमा ग्रामिण कर्जा बीमा क्षतिपूर्ति रकम बितरण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा शाखाको चनुली महिला समुहकी अध्यक्ष जडावती लोहारको प्रमुख आतित्थ्य र शाखाको लेखापाल सुरेश बहादुर थारुको सन्चालनमा कार्यक्रम सम्पन्न भयको हो ।
कार्यक्रम मा कर्मचारी दिपेन्द्र यादब र रेनु चौधरिले स्थानिय स्तरमा लघुबित्तको सामाजिक उत्तरदायित्व अन्तर्गतका सम्पुर्ण सुबिधाको बारेमा सहभागीहरुलाइ अबगत गराएका थिए ।
स्व. रसबुन निशाको छोरा एकलाख अहमद खानलाइ बिमा क्षतिपूर्ति रकम ६ लाख ५० हजार रुपैयाँ शाखा प्रमुख जिबुप्रकाश सुबेदीले केन्द्र प्रमुख को रोहबरमा बितरण गरेका हुन् ।
कार्यक्रममा सुबेदीले २०५० साल पौष १ गते शाखा स्थापना भइ शाखाले ३ दशक को अबधिमा धेरै सामाजिक कार्य गरिसकेको र अझै ग्राहकमैत्री सेवा दिन सस्था तत्पर रहेको चरम आर्थिक सन्कटको समयमा समेत ग्राहकमैत्री कार्यक्रम ल्यायको प्रकाश पारेका थिए ।
साथै सस्थाले बीमा लगायत सुत्केरी पोसण उच्च शिक्षा छात्रवृत्ति गम्भीर रोग उपचार सहयोग प्राकृतिक प्रकोप राहत उद्दमशिलता सन्देश लघुउधम सीप बिकास कार्यक्रम लगायत ग्राहकमैत्री कार्यक्रम समय सापेक्ष ल्याउदै जाने बताएका थिए । कार्यक्रम मा केन्द्र सदस्य लगायत स्थानिय बुद्दिजिबिको उपस्थितिमा सम्पन्न भयको थियो ।











