ग्लोबल आइएमई बैंकको ज्ञानेश्वरस्थित एटिएम दिँउसै बन्द
१६ फाल्गुन २०७९, मंगलवार १२:३०

काठमाडौं । ग्लोबल आइएमई बैंकको एटिएम मसिन दिँउसै बन्द भएको छ । ।२४ सै घण्टा खुल्लै राख्नुपर्ने एटिएम मंगलबार दिउँसो करिब साढे १२ बजेको समयमा नै बन्द अवस्थामा रहेको छ । सेवाग्राहीहरुलाई अत्यावश्यक परेको खण्डमा रुपैयाँ निकाल्नका लागी सहज होस भन्ने हेतुले राखिने एटिएम दिउँसै बन्द हुँदा सेवाग्राहीलाई समस्या हुन थालेको छ ।
बैंकहरुले २४ सै घण्टा एटिएम खुल्लै राख्नुपर्ने भएपनि ग्लोबल आइएमई बैंक एटिएम भने दिँउसै बन्द हुँदा सेवाग्राहीहरुले रित्तो हात फर्कनुपर्ने अवस्था सृजना भएको हो ।एटिएम बिग्रिएको र मर्मतको काम चलिरहेकाले एटिएम बन्द गरीएको यता बैंकले जनाएको छ ।











