सुर्योदय वोमी लघुवित्तको २ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
१७ फाल्गुन २०७९, बुधबार १०:०६

काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि शेयरधनीहरुले आफ्नो नाममा रहेका शेयर बिक्रीको लागि निवेदन दिएपश्चात लिलामीमा ल्याएको हो ।
संस्थाका ८ जना संस्थापक शेयरधनीहरुले कुल २ लाख कित्ता भन्दा बढी शेयर लिलामीमा ल्याएको छ। उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालय ललितपुरमा आवेदन दिन सक्नेछन् ।












