नेपाल एसबिआई बैंकको प्रधान कार्यालय स्थानान्तरण
१७ फाल्गुन २०७९, बुधबार १०:२५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको प्रधान कार्यालय स्थानान्तरण हुने भएको छ ।
बैंकको पुष २५ गते बसेको वार्षिक साधारण सभाले बैंकको रजिष्टार्ड कार्यालय साविकको ठेगाना बागमती अञ्चल, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ लैनचौर, नेपालबाट परिवर्तन गरी काठमाडौं महानगरपालिका वडा नं. २८ कमलादी, नेपाल कायम रहने गरी निर्णय गरेको थियो ।
सोहीबमोजिम बैंकले प्रबन्धप त्र तथा नियमावली संशोधन गरी उक्त संशोधन तथा बैंकको रजिष्टार्ड कार्यालय स्थानान्तरण गर्न नेपाल राष्ट्र बैंक एवं कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति भएबमोजिम फागुन १७ गते देखि बैंकको प्रधान कार्यालय साविकको स्थानबाट कमलादीमा स्थानान्तरण गरेको छ ।










