बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँड, कति जनाले पाए शेयर ?

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले वैदेशीक रोजगारमा गएका कामदारको लागि निष्काशन गरेको सधारण शेयर (आइपीओ) बाँडफाँड सम्पन्न गरेको छ । मंगलबारका दिन बाँडफाँट गरिएको लघुवित्तको आईपीओमा ९०७ जनाले १० कित्ता प्राप्त गरेको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले जनाएको हो ।
लघुवित्तको आईपीओमा १० कित्तादेखि १ हजार कित्ताका लागि १५ हजार ९१८ जनाले आवेदन दिएका थिए । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ ।
लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।
जसमध्ये ९ हजार ७ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको थियो । लघुवित्तले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म बिक्री खुला गरेको थियो ।











