बम्पर लाभांश घोषणा गरेको महिला लघुवित्तका सिइओ कृष्ण प्रसाद न्यौपानेको कति छ तलब भत्ता ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा यहि फागुन २१ गते आइतबार आगन्तुक रिर्सोट भ्युटार मार्ग धुलिखेल काभ्रेमा बिहान ११ बजे बस्दैछ ।
सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश गरी कुल ५०% लाभांश पारित गर्नेछ ।
कम्पनीले साधारण सभा हुनुभन्दा अगावै आफ्ना शेयरधनीहरुका लागि पाँचौ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमाथि छलफल गरी साधारण सभामार्फत पारित गरिनेछ ।
प्रतिवेदनअनुसार संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण प्रसाद न्र्याैपानेको वार्षिक तलब भत्ता १६ लाख ८४ हजार ४०० रुपैयाँ देखाइएको छ । त्यस्तै, अन्य व्यवस्थापन तहका कर्मचारीहरुको कुल तलब भत्ता ४८ लाख ३५ हजार ४३७ रुपैयाँ देखाईको छ । साथै संचालक समितिको बैठक भत्ता ३ लाख ३० हजार रुपैयाँ रहेको छ ।
उल्लिखित तलब भत्ता संस्थाको फागुन २१ गते हुन लागेको वार्षिक साधारण सभामा प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।













