निर्धन उत्थान लघुवित्तको नयाँ ब्याजदर सार्वजनिक, बचतमा १२.५५ प्रतिशतसम्म ब्याजदर निर्धारण
१७ फाल्गुन २०७९, बुधबार १२:३७

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ब्याजदर परिवर्तन गरेको छ । संस्थाले आफ्नो बचततर्फको ब्याजदर परिवर्तन गरेको हो ।
लघुवित्तले समुहगत सदस्य तथा सर्वसाधारण बचततर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । संस्थाले फागुन १५ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेको हो ।
संस्थाले समहुगत बचत तर्फको ६ वटा बचतमा र सर्वसाधारण बचततर्फ ८ वटा बचतमा ब्याजदर सार्वजनिक गरेको छ । जसमा संस्थाले समुहगतर्फ ७.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने सर्वसाधारण बचततर्फ नयूनतम ७.५ प्रतिशतदेखि अधिकतम १२.५५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
साथै संस्थाले कर्जामा न्यूनतम १० प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।












