मेरो माइक्रोफाइनान्सले पठायो शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर
१७ फाल्गुन २०७९, बुधबार १५:२२

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७८।७९ को बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।
लघुवित्तको गत माघ ६ गते सम्पन्न १०औं साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा पठाएको हो ।
गत पुष २१ गतेसम्म संस्थाको शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिएको संस्थाले जनाएको छ । साथै सो मितिपश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने संस्थाले जनाएको छ ।












