दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१८ फाल्गुन २०७९, बिहीबार ०८:४६

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सपोर्ट लघुवित्तले फागुन २१ गते आइतवार बुक क्लोज गर्ने निर्णय गरेका छन् । तसर्थ फागुन १८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउनेछन् ।

डिप्रोक्स लघुवित्तले फागुन ३० गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ११।५२६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, सपोर्ट लघुवित्तको चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०।५७८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत ४ गते साधारणसभा बोलाएको छ।

यस अनुसार फागुन १८ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*