महुली लघुवित्तको नयाँ ब्याजदर सार्वजनिक, कर्जामा १५ प्रतिशत ब्याजदर निर्धारण

१८ फाल्गुन २०७९, बिहीबार ११:४३

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । लुघवित्तले बचत सेवाहरुतर्फको ब्याजदर र कर्जातर्फको ब्याजर सार्वजनिक गरेको हो ।

सार्वजनिक ब्याजदरअनुसार संस्थाले ९ वटा बचत खातातर्फ न्यूनतम ७.५ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, यता संस्थाले कर्जाको ब्याजदर न्युनतम १० प्रतिशतदेखि अधिकतम १५ प्रतिशत सम्म निर्धारण गरेको छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्तको लागि जारी गरेको एकिकृत निर्देशन पश्चात लघुवित्तहरुले ब्याजदर परिवर्तन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*