दुई लघुवित्तको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?
१८ फाल्गुन २०७९, बिहीबार १६:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ । डिप्रोक्स लघुवित्त र सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम डिप्रोक्स लघुवित्तको ८१९ रुपैयाँका आधारमा नेप्सेले १०% बोनस वितरणपछिको शेयरमुल्य ७४४ रुपैयाँ ५५ पैसा कायम गरेकोछ ।
त्यस्तै, सर्पोट माइक्रोफाइनान्सको ११ सय रुपैयाँको आधारमा नेप्सेलले ११% बोनस शेयर वितरणपछिको शेयरमूल्य ९९० रुपैयाँ ९९ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा यी दुवै संस्थाको आइतबार कारोबार खुल्नेछ ।












