नेपाल राष्ट्र बैंकद्वारा नेशनल माइक्रोफाइनान्सको लाभांश संशोधन, बोनस घट्यो

१९ फाल्गुन २०७९, शुक्रबार १०:५३

काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकद्वारा संशोधन भएको हो ।

लघुवित्तले यसअघि प्रस्ताव गरिएको ३८.५% बोनस सेयर संशोधन गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको संस्थाले जनाएको छ ।

संशोधन पश्चात् अब संस्थाले सेयरधनीलाई चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३४.४५% लाभांश दिने घोषणा गरेको छ । उक्त लाभांश लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*