लाभांश प्रस्ताव सहित समता घरेलु लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन १२ गतेका दिन बसेको संचालक समितिको बैंठकको निर्णयले सभा चैत १२ गते, हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बिहान ११ बजे बस्ने भएको हो ।
सभाले हाल कायम रहेको वितरण योग्य मुनाफाबाट कुल चुक्ता पुँजीको ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । साथै सभाले संचालक समितिबाट प्रस्तावित भएको हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव रहेको छ ।
भाले सञ्चालक समितिको तर्फबाट प्रस्तावित आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्षको लेखारिक्षणको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह वितरण गर्ने प्रस्ताव रहेको छ ।
संस्थाले सभा प्रयोजनको लागि चैत १ गतेका दिन शेयर दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ ।












