लाभांश प्रस्तावसहित कृषि विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमााडौं । कृषि विकास बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा आह्वान गरेकोछ । बैंकले सो सभा चैत १४ गते मंगलबारका दिन कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बस्नेगरी डाकेको हो ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १३ प्रतिशत लाभांश पारित गर्नेछ ।
यसका साथै बैंकले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले फागुन ३० गतेदेखि चैत १४ गतेसम्म बुकक्लोजको मिति तोकेको छ । यसर्थ फागुन २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।












