लाभांश र मर्जरप्रस्तावसहित आरएमडीसी लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

१९ फाल्गुन २०७९, शुक्रबार १२:१५

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकोछ । संस्थाले २४औं सभा चैत १० गते बस्नेगरी डाकेको हो । सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

सभामा कम्पनीले २७.३७% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २६% बोनस र कर प्रयोजनसहित १.३७% नगद लाभांश वितरण गर्न लागेको हो ।

यसका साथै सो सभामा अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

यसाका अलावा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभाका लागि कम्पनीले चैत १ गते बुक क्लोज गर्ने जनाएको छ । फागुन ३० गतेसम्म कायम लगानीकर्ताले लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*