स्वावलम्बन लघुवित्तका डिजिएम गोविन्द चापागाईंले कति बुझे तलब भत्ता ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज लैनचौर ब्यांक्वेट, काठमााडौंमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १५% बोनस शेयर र ६.०५२ प्रतिशत नगद लाभांश पारित गरेकोछ । यसका साथै सभाले गत आर्थिक वर्ष २०७८।७९ को २१औं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।
पारित प्रतिवेदनअनुृसार कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) को जिम्मेवारी पाएका गोविन्द चापागाईंले १५ लाख ३३ हजार ९२७ रुपैयाँ वार्षिक तलब भत्ता बुझेका छन् ।
गत आव २०७८।७९ को सुरुवातदेखि नै संस्थाको सिइओ पदमा उदय राज खतिवडा कार्यरत रहेकोमा निजले २०७८ साल फागुन १६ गतेदेखि लागू हुनेगरी राजिनामा दिएकोमा संचालक समितिबाट राजिनामा स्वीकृत भएपश्चात् सोही मितिदेखि नै लागू हुनेगरी २०७९ साउन ८ गतेसम्म संस्थाको कामु सिइओमा चापागार्इंले काम गरेकोमा उक्त तलब भत्ता बुझाइएको हो ।
चापागाईंले तलबवापत ६ लाख ७१ हजार ४७७ रुपैयाँ, भत्तावापत ७ लाख ७४ हजार ३४ रुपैयाँ, संचयकोष अन्तर्गत ६७ हजार १४५ रुपैयाँ र दशैं खर्च वापत २१ हजार ३०२ रुपैयाँ गरी कुल १५ लाख ३३ हजार ९२७ रुपैयाँ बुझेका हुन् ।
२०७९ साउन ९ गतेदेखि लागू हुनेगरी संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नरेन्द्र सिंह विष्टलाई आगामी ४ वर्ष कार्यकालको लागि नियुक्त गरेको थियो ।











