स्वावलम्बन लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको शुक्रबार काठमाडौंमा २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त साधारण सभाले संस्थाको आ.व.२०७९।८० को लेखापरीक्षण गर्नको लागि सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले अन्य इजाजतपत्र प्राप्त एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर।प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
यस्तै, सभाले आर्थिक वर्ष २०७८।७९ मा २९ करोड ५ लाख १४ हजार १ सय १० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७८।७९ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
सभाले संस्थाको अधिकृत पूँजी २ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५ सय कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।












