नेपाल राष्ट्र बैंकद्वारा नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश दोस्रो पटक संशोधन, बोनस शेयर आधा घट्यो

१३ चैत्र २०७९, सोमबार १०:०९

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश दोस्रो पटक संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले सो संस्थाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश दोस्रो पटक संशोधन गरेको हो ।

लघुवित्तले पहिलो पटक प्रस्ताव गरिएको ३८.५% बोनस सेयर नेपाल राष्ट्र बैंकले संशोधन गरी सेयरधनीलाई चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३४.४५% लाभांश दिने संस्थाले निर्णय गरेको थियो ।

सो लाभांशलाई पनि केन्द्रीय बैंकले संशोधन गरी संस्थाको चैत १२ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*