तीन शाखा कार्यालय संचालनका लागि घरबहालमा खोज्दै नेपाल एसबिआई बैंक, यस्ता छन् शर्तहरु

१३ चैत्र २०७९, सोमबार ११:१२

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीनवटा शाखा कार्यालय विस्तार गर्ने भएको छ । बैंकले शाखा कार्यालय संचालनका लागि घरबहालमा लिने भएको छ ।

बैंकले नारायणगढ चितवन, साकेला खोटाङ्ग र लमही दाङमा नयाँ शाखा कार्यालय खोल्नका लागि घरबहालमा खोजेको हो । बैंकले सो का लागि विभिन्न शर्तहरु समेत राखेको छ ।

प्रस्तावित भवनहरुमा पानी, ढल, तथा पर्याप्त पार्किङ्गको सुविधा सहित न्यूनतम ६ मिटर चौडाइको मोटर बाटोसँग जोडिएको हुनुपर्ने जनाएको छ । साथै प्रस्तावित शाखा कार्यालय संचानार्थ घटीमा १५ वर्षको लागि वहालमा उपलब्ध गराउनुपर्नेछ ।

इच्छुक घरधनीले १५ दिनभित्र कम्पनीको सामान्य सेवा विभाग, कमलादी, काठमाडौंमा गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*