कुमारी बैंकको ६१ हजार कित्ता शेयर बिक्रीमा

१३ चैत्र २०७९, सोमबार ११:२४

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनी राजेन्द्र कुमार घिसिङको नाममा रहेको ६१ हजार ४२५ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड–१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं टंगाल–२ मा पुग्नेगरी दरखास्त दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार सो शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*